दफा ९९
बादी आफैँले म्याद बुझाउन सक्ने

(१) बादीले प्रतिबादीलाई आफैले वा निजको कानून व्यवसायी मार्फत म्याद बुझाउन चाही सो कुरा फिरादपत्रमा उल्लेखगरेकोभए बादीले वा निजको कानून व्यवसायीले फिरादपत्र दर्ता भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आफैँलेवाकानून व्यवसायी मार्फत प्रतिबादीलाई म्याद बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बादी वा निजको कानून व्यवसायीले प्रतिबादीलाई म्याद बुझाउँदा फिरादपत्र र फिरादपत्र साथसंलग्नप्रमाण कागज भए सोको एक एक प्रति समेत बुझाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम बादी वा निजको कानून व्यवसायीले प्रतिबादीलाई म्याद तथा फिरादपत्र र प्रमाणको प्रतिबुझाउने प्रयोजनका लागि तामेल गर्ने म्याद दुई प्रति र फिरादपत्र तथा प्रमाणको प्रमाणित प्रति अदालतबाटबुझिलिईअनुसूची–४ बमोजिमको ढाँचामा भरपाई गरिदिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम वादी वा निजको कानून व्यवसायीले प्रतिवादीलाई म्याद बुझाउन ल्याएमाप्रतिवादीले त्यस्तो म्याद बुझिलिनु पर्नेछ र त्यसरी बुझीलिएकोमा रीतपूर्वक म्याद बुझाएकोमानिनेछ।तर सङ्गठित संस्थालाई त्यसरी म्याद बुझाउन ल्याएमा त्यस्तो संस्थाले सो म्याद बुझिलिनु पर्नेछ ।
(५) सङ्गठित संस्थाको हकमा त्यस्तो संस्थाको मुख्य कार्यालयमा म्याद बुझाएकोमा उपदफा (४) बमोजिम सम्बन्धितसंस्थालाईरीतपूर्वक म्याद बुझाएको मानिनेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मुख्य कार्यालय” भन्नाले सङ्गठितसंस्थाको रजिष्टर्ड कार्यालय भए त्यस्तो कार्यालय र त्यस्तो कार्यालय नभए सङ्गठित संस्थाको कारोबार हुनेमुख्यकार्यालय सम्झनु पर्छ ।
(६) उपदफा (४) बमोजिम प्रतिबादीले म्याद बुझिसकेपछि अनुसूची–५ बमोजिमको ढाँचामा भरपाई गरिदिनु पर्नेछ ।
(७) उपदफा (३) बमोजिम बादी वा निजको कानून व्यवसायीले प्रतिबादीलाई म्याद बुझाएकोमा प्रतिबादीले म्याद बुझीगरिदिएकोभरपाई निजले त्यसरी म्याद बुझाएको सात दिनभित्र अदालतमा दाखिला गर्नु पर्नेछ ।
(८) उपदफा (६) बमोजिम प्रतिबादीले म्याद बुझिलिई भरपाई गरीदिएको मितिबाट प्रतिउत्तरपत्र पेश गर्ने म्याद कायमहुनेछ।
(९) यस दफा बमोजिम बादी वा कानून व्यवसायीले प्रतिबादीलाई म्याद बुझाउँदा निजले बुझि नलिएमा त्यस्तो बादी वाकानूनव्यवसायीले उपदफा (१) बमोजिमको म्याद नाघेको दुई दिनभित्र सोही व्यहोराको प्रतिवेदन अदालत समक्ष पेश गर्नुपर्नेछ ।
(१o) उपदफा (९) बमोजिम बादी वा निजको कानून व्यवसायीबाट म्याद तामेल हुन नसकेको प्रतिवेदन प्राप्त भएमा अदालतलेयसपरिच्छेद बमोजिम प्रतिबादीको नाममा म्याद तामेल गर्नु पर्नेछ ।